बझाङ विमानस्थलको कालोपत्र बनाउने काम अन्तिम चरणमा | Khabarhub Khabarhub

बझाङ विमानस्थलको कालोपत्र बनाउने काम अन्तिम चरणमा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने काम चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ ।

अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ ।

विमानस्थलको सम्पूर्ण काम सकिएपछि वैशाखमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनीयर किरण थापाले बताए ।

विसं २०७५ असारबाट सम्झौता भई कालोपत्र निर्माणको कामको जिम्मा अमर कन्सट्रक्शनले लिएको छ ।

पटकपटक विमानस्थल कालोपत्र गर्नुपर्ने र जहाज नियमित उडान गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा बोल्दै आएकी सांसद आशाकुमारी विकले आज विमानस्थलको कामको निरीक्षण गरेकी छिन् ।

सांसद विकसहित प्रजिअ उमेश पाण्डेले विमानस्थलमा भएको कामको अनुगमन गरी निर्माण कम्पनीका प्रतिनिधिहरुलाई छिटोछरितो र गुणस्तर काम गर्न निर्देशन दिए ।

विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुःख पाएको स्मरण गर्दै सांसद विकले यसका लागि आफूले पटकपटक प्रतिनिधिसभामा बोलेको बताउँदै छिटो निर्माण गर्न आग्रह गरिन् ।

६ सय ३० मिटर लम्बाइ रहेको विमानस्थलको र चौडाइ २० मिटर रहेको छ । विसं २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द भएको हो ।

विमानस्थल कालोपत्र भई काम सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको धनगढीदेखि बझाङ र बझाङदेखि धनगढी उडानका लागि नेपाल वायुसेवा, तारा, समिटलगायत एयरलाइन्ससँग समन्वय भइरहेको पनि सांसद विकले बताइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ४० बजे

फेरि सत्याग्रह सुरु गर्दै डा. केसी  

काठमाडौं– प्राध्यापक डा. गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा

गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त

काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण रहने फिल्म ‘मालती मंगले’को

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म