बझाङ विमानस्थलको कालोपत्र बनाउने काम अन्तिम चरणमा « Khabarhub

बझाङ विमानस्थलको कालोपत्र बनाउने काम अन्तिम चरणमा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने काम चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ ।

अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ ।

विमानस्थलको सम्पूर्ण काम सकिएपछि वैशाखमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनीयर किरण थापाले बताए ।

विसं २०७५ असारबाट सम्झौता भई कालोपत्र निर्माणको कामको जिम्मा अमर कन्सट्रक्शनले लिएको छ ।

पटकपटक विमानस्थल कालोपत्र गर्नुपर्ने र जहाज नियमित उडान गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा बोल्दै आएकी सांसद आशाकुमारी विकले आज विमानस्थलको कामको निरीक्षण गरेकी छिन् ।

सांसद विकसहित प्रजिअ उमेश पाण्डेले विमानस्थलमा भएको कामको अनुगमन गरी निर्माण कम्पनीका प्रतिनिधिहरुलाई छिटोछरितो र गुणस्तर काम गर्न निर्देशन दिए ।

विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुःख पाएको स्मरण गर्दै सांसद विकले यसका लागि आफूले पटकपटक प्रतिनिधिसभामा बोलेको बताउँदै छिटो निर्माण गर्न आग्रह गरिन् ।

६ सय ३० मिटर लम्बाइ रहेको विमानस्थलको र चौडाइ २० मिटर रहेको छ । विसं २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द भएको हो ।

विमानस्थल कालोपत्र भई काम सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको धनगढीदेखि बझाङ र बझाङदेखि धनगढी उडानका लागि नेपाल वायुसेवा, तारा, समिटलगायत एयरलाइन्ससँग समन्वय भइरहेको पनि सांसद विकले बताइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ४० बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत