घरेलु दासबाट मुक्तिका लागि महिलाले चुलो-चौको छाड्नैपर्छः महासचिव बैद्य « Khabarhub

घरेलु दासबाट मुक्तिका लागि महिलाले चुलो-चौको छाड्नैपर्छः महासचिव बैद्य


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीमा महासचिव मोहन वैद्यले महिलाले चुलो चौका छोडेपछि मात्र घरेलु दासबाट मुक्ति मिल्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको कुपण्डोल कार्यालयमा आयोजना गरेको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा वैद्यले भने, ‘तुच्छ घरेलु दासको रुपमा रहँदै आएका महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न भएपछिमात्र अवसर प्राप्त हुन्छ ।’

उनले त्यसका लागि शिशु स्याहार केन्द्र, सामुहिक भान्साघर, बच्चाहरुको पढ्ने स्कूललगायतको स्थापना गर्ने काम राज्यले गर्नुपर्ने बताए । यस्तो कार्य पुँजीवादी प्रतिक्रियावादी सत्ताले नगर्ने दावी गर्दै वैद्यले रुसमा लेनिनको नेतृत्वमा स्थापित भएको समाजवादी राज्यव्यवस्थाले त्यो काम गरेको उदाहरण प्रस्तुत गरे ।

आदिम साम्यवादी समाजमा मातृसत्ता रहेको विभिन्न तथ्य प्रमाणले पुष्टि गरेको र त्यसबेला शोषण उत्पीडन नरहेको, शोषण उत्पीडनको स्रोत भनेको निजी सम्पत्ति, परिवार र राज्यसत्ता भएको भन्दै महासचिव किरणले त्यहींबाट पितृसत्ताको सुरुवात भएको बताए । उनले भने, ‘पितृसत्ताले महिलामाथि उत्पीडन शुरु गर्‍यो ।’

दासयुग, सामन्तवादी युग, पुँजीवादी युग सबै पितृसत्तामा आधारित राज्यव्यवस्था भएको चर्चा गर्दै वैद्यले वास्तविक अर्थमा श्रमिक महिला वर्गको मुक्ति वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युगमा मात्र हुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : ४८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित