अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना « Khabarhub

अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।

लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिए ।

रेष्टुराँले १८० प्रहरी, कोभिडको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोभिडसम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ र कोभिडको आशङ्का लागेका बिरामी बोक्न सरकारले तयार पारेको २५ एम्बुलेन्सका चालकलाई खाना खुवाउँदै आएको छ ।

देशमा आइपरेको विपद्का बेला त्यतिकै घरमा बस्नुभन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भावनाका साथ खाना खुवाउँदै आएको सञ्चालक योञ्जनले बताए ।

शुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडि बढे पनि लकडाउन बढ्दै गएकाले रेष्टुराँको सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै थपिएमा लकडाउन अवधिभर खाना खुवाउने रेष्टुराँले जनाएको छ ।

डल्लेले सुरक्षाकर्मी र चिकित्सकसहित दुःख र समस्यामा परेकालाई पनि खाना खुवाउँदै आएको छ । डल्लेको हालसम्म नौवटा आउटलेट सञ्चालनमा छ । यसअघि विसं २०७२ को भूकम्पको बेलामा यसले पनि निःशुल्क खाना खुवाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै