लकडाउनकै समयमा पेट घटाउने हो ? शुरु गर्नुहोस् यी ५ अभ्यास « Khabarhub

लकडाउनकै समयमा पेट घटाउने हो ? शुरु गर्नुहोस् यी ५ अभ्यास


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाहिर पुटुल्क निस्केको पेट घटाउन कसलाई मन नहोला र ? तर कामको ब्यस्तता तथा अनेकौं उल्झनले बढेको पेट घटाउने चाहना पुरा हुन पाउदैन ।

अझै बाहिरको खानपानले आफूलाई फिट राख्न नसक्नेका लागि यो सुनौलो मौका हो । अहिले लकडाउनको बेला मौका छोपेर तपाईले आफ्नो वजन घटाउने चाहना पुरा गर्न सक्नुहुन्छ ।

लकडाउनको बेला घरभित्र रहदाँ बढेको पेट घटाउने सबैभन्दा उत्तम उपाय हो । लकडाउन वजन घटाउने चाहना राख्नेहरुका लागी सुनौलो मौका हो । यस मौकामा घरभित्रै तपाई निम्न अभ्यासबाट पेट घटाउन सक्नुहुनेछ ।

१. प्लैन्क
मानिसको शरीरमा सबैभन्दा बढि फ्याट पेटमा जम्मा भएको हुन्छ । यसप्रकारको फ्याट र बाहिर निस्केको पेट घटाउन प्लैन्क एक्सरसाइज सबैभन्दा उत्तम हुन्छ ।


२. रेगुलर क्रन्चेज
रेगुलर क्रन्चेज क्यालोरी बर्न गर्न सबैभन्दा उत्तम एक्सरसाइज मानिन्छ । यो क्रन्चेजको पोजिसनमा शरीरका कैयौं मांसपेशि एक साथ एक्टिभ हुने भएकाले फ्याट कम गराउन मद्दत गर्दछ ।

३. बाइसाइकल क्रन्चेज
ससर्ती हेर्दा बाइसाइकल क्रन्चेज सजिलो देखिए पनि गर्नमा भने यो निकै ग्राहो हुन्छ । यो एक्सरसाइज गर्दा शरीरमा निकै बल पुग्छ । जसले पेट र थाईमा जम्मा भएको बोसो कम गराउँछ ।

४. क्रन्च ट्विस्ट
क्रन्च ट्विस्ट एक्सरसाइज गर्दा पेटको साइडमा जम्मा भएको फ्याट कम हुन्छ । स्वास्थ्य विज्ञका अनुसार दैनिक तीन पटक भन्दा बढि क्रन्च ट्विस्ट गरेमा पेटको साइडमा भएको फ्याट कम हुन्छ ।

५. भर्टिकल लेग क्रन्च

भर्टिकल लेग क्रन्च एक्सरसाइज गर्दा शरीरलाई ब्यालेन्स गराउँदै खुट्टा उठाइन्छ । दैनिक १० पटक यो एक्सरसाइज गरेमा पेटमा जम्मा भएको बोसो छिटोभन्दा छिटो घट्दछ ।

लकडाउनका दौरानमा शरीरमा भएको मोटोपना वा बोसो कम गर्न एक्सरसाइजका साथसाथै केहि डाइटहरुमा पनि ध्यान दिनुपर्दछ । यस अलावा आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुपर्दछ ।

१. एक्सरसाइज गर्दाको समयमा भुलेर पनि तारेको खाना खानुहुदैन ।
२. मोटोपना कम गर्ने सोच भएकाहरुले जंक फूड खानबाट बच्नु पर्दछ ।
३. खाना खाएपछि बस्ने वा सुत्नुको सट्टा आधा घण्टा सिढि तलमाथि गर्नुपर्दछ ।
४. भोक लाग्दा नखाई बस्नु भन्दा पटक पटक बरु कम खानु पर्दछ ।
५. अत्यधिक टिभि हेर्ने, मोवाइल चलाउने कामलाई बन्द गर्नपर्दछ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ३७ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण