इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा थालियो परीक्षण « Khabarhub

इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा थालियो परीक्षण


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणकाे रोकथामका लागि विभिन्न प्रयास थालिए पनि संक्रमण रोकिएको छैन ।

हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । विभिन्न देशका बैज्ञानिकहरु यसका लागि अहोरात्र खटिरहेका बेला अमेरिकाले इबोलाविरुद्धको औषधि कोरोना संक्रमितमा परीक्षण थालेको जनाइएको छ ।

‘रेमडेसीभिर’नामको औषधिलाई अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी गिलिड साइन्सेजले तयार गरेको थियो ।

कम्पनीले परीक्षणको क्रममा संक्रमित बिरामीहरुलाई १५ लाख डोज निःशुल्क दिने जनाएको छ । कम्पनीको परीक्षणमा ठूलो संख्यामा संक्रमितहरुलाई सहभागी गराइने डेलिमेलले उल्लेख गरेको छ ।

मूल रुपमा यो औषधिलाई इबोला भाइरससँग लड्नको लागि बनाइएको थियो । यद्यपि यो औषधिले कोरोनाभाइरस जुन प्रोटिनबाट फैलिन्छ त्यो प्रोटिनलाई पनि रोक्ने क्षमता राख्छ ।

कम्पनीले १५ लाख डोज निःशुल्क दिने भनेको छ जसले १ लाख ४० हजार ‘ट्रिटमेन्ट कोर्स’ पूरा हुन्छ अर्थात परीक्षण सफल भएको खण्डमा यति डोजले १ लाख ४० हजार बिरामीको पूर्ण उपचार हुन्छ र उनीहरु पूर्ण स्वस्थ हुनेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ४६ बजे

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण