दूध बिक्रीवितरणमा रोक लगाएपछि किशान आक्रोशित « Khabarhub

दूध बिक्रीवितरणमा रोक लगाएपछि किशान आक्रोशित


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साखु- शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् ।

कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुन थालेको छ ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो । सो निर्णयका विरुद्ध अहिले वडाध्यक्षबाटै विरोध हुन थालको छ ।

शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै दूध बिक्रीमा रोक लगाएर किसानलाई हतोत्साही बनाउने काम भएको बताए ।

यस्तो बेलामा सरकारले अत्यावश्यक वस्तुको रुपमा दूध व्यवसायलाई पनि बिनारोकतोक चल्न दिने निर्णय गरेको भए पनि नगरपालिकाले व्यवस्थित ढङ्गले ढुवानी गर्न दिने वातावरण मिलाउने भन्दा रोक्ने निर्णय गरेपछि आक्रोशित बन्नुपरेको किसानहरु बताउँछन् ।

नगरप्रमुख सुर्वण श्रेष्ठले भने स्थानीयवासीको सुरक्षा र मागलाई सम्बोधन गर्दै दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिए ।

यसरी दूध जस्तो अत्यावश्यकको वस्तुको रुपमा सरकारले रोकतोक नगर्ने निर्णय गरको भए पनि नगरपालिकाको उक्त निर्णयबाट साँखुका किसानहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ५७ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य