यस वर्ष दयाहाङ राईका ४ फिल्म, कुन चले ? कुन चलेनन् ? « Khabarhub

यस वर्ष दयाहाङ राईका ४ फिल्म, कुन चले ? कुन चलेनन् ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका ४ वटा फिल्म रिलिज भए । एकपछि अर्को फिल्ममा अभिनय गरेर आफ्नो स्टारडम ध्वस्त बनाएको आरोप पनि उनले खेपिरहेका छन् ।

यसपटक भने उनले पहिलेजस्तो दर्शकको गाली खानुपरेन । दयाहाङलाई फ्यानले पहिलेजस्तो नोटिस गर्न छोडिसकेका छन् । किनकि, दयाहाङले अभिनय गरेका फिल्म धेरै भएर दर्शक मोनोटोनस भइसकेका छन् ।

दयाहाङले अभिनय गरेका दुई फिल्म जात्रै जात्राकबड्डी ३ ले व्यावसायिक सफलता हात पारे पनि दुई फिल्म सेन्टीभाइरसआप्पा भने खासै सफल भएनन् । व्यावसायिक हिसाबले दयाहाङ भएका दुई फिल्म हिट भए । अर्को फिल्म सेन्टीभाइरस पनि राम्रै चर्चामा रह्यो । तर आप्पाले न चर्चा कमायो, न लगानी ।

चलचित्र ‘आप्पा’ मा दयाहाङ राई ।

अन्य फिल्मका तुलनामा फिल्म ‘आप्पा’ केही फरक थियो । यद्यपि यो फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । फिल्ममा दयाहाङ राई एक पिताको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’ को एक दृश्यमा दयाहाङ राई ।

दयाहाङको अभिनय रहेको फिल्म ‘जात्रै जात्रा’ हिट भयो । फिल्मको तारिफ पनि भयो । तर, यो फिल्मबाट दयाहाङले भन्दा धेरै चर्चा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले पाए । हिट सिक्वेलमा दयाहाङको इन्ट्री भए पनि उनले खासै चर्चा कमाएनन् ।

दयाहाङका रिलिज फिल्ममध्ये सफल फिल्म हो, कबड्डी ३ । यो फिल्मबाट दयाहाङले काजीका चरित्रका रुपमा चर्चा कमाए ।

चलचित्र ‘कबड्डी ३’ मा दयाहाङ राई ।

यसअघि दुई भाग हिट भइसकेका कारण पनि ‘कबड्डी ३’ ले राम्रो चर्चा कमायो । यो फिल्ममा दयाहाङ शीर्ष भूमिकामा थिए ।

वर्षको अन्तिममा रिलिज भएको फिल्म ‘सेन्टीभाइरस’ मा पनि दयाहाङ राईको भूमिका थियो । फिल्ममा उनले पार्टीका इमान्दार कार्यकर्ताको भूमिका निभाएका थिए । यो फिल्म भने व्यावसायिक रुपमा त्यति सफल हुन सकेन ।

चलचित्र ‘सेन्टीभाइरस’ मा दयाहाङ राई ।

यो वर्षलाई हेर्दा दयाहाङले दर्शकलाई कम निराश बनाएका छन् । उनले यस वर्ष राम्रो फिल्म छानेर काम गरेको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : २६ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति