भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन, नेपाली कामदार प्रभावित हुने « Khabarhub

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन, नेपाली कामदार प्रभावित हुने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ।

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो।

त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ।

तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन।

दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्नेछ।

मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ०१ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता