स्वयंसेवकहरुको सम्मानमा 'ताली बजाएर' विश्व रेड क्रस दिवस मनाइँदै | Khabarhub Khabarhub

स्वयंसेवकहरुको सम्मानमा ‘ताली बजाएर’ विश्व रेड क्रस दिवस मनाइँदै


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व रेड क्रस दिवस । रेडक्रसमा आवद्ध स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा ताली बजाएर मनाइँदै छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको १ सय ९२ औँ जन्म दिवसका अवसरमा आज विश्वभर याे दिवस मनाइन्छ ।

विश्वभर कोरोना भाइरसको महामारीका कारण यो वर्ष दिवस फरक तरिकाले मनाइँदै छ ।

लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ नेपालमा दिवस मनाउन लागिएको हो ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ ।

विश्वभर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेकाे रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : २३ बजे

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर

‘एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू’

एजेन्सी– हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम