आजको मौसम : देशभर बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आजको मौसम : देशभर बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २६ गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी भु-भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २७ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशका मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

बैशाख २८ गते (आइतबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ।पश्चिमि भू-भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ४४ बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ