संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु | Khabarhub Khabarhub

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु

यस्तो छ आजको कार्यसूची


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ ।

यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ । सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम आउनुअघि नै ‘प्रिबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट सुरु हुने कार्यतालिका बनाइएको छ । बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ ।

जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम छ । यसअघि बजेटमाथिको छलफल हुनुअगावै सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियो । तर यसपटक लकडाउनका नीति तथा कार्यक्रम ल्याइएको छैन ।

यस्तो छ आजको कार्यसूची

आजको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान गरिएको पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यतालिकामा उल्लेख छ ।

त्यसपछि “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” र “पारमाणविक विधेयक, २०७६” को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने जनाइएको छ ।

आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र गृहमन्त्री रामबहादुर थापाले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ । यसअघि यी दुवै अध्यादेश राष्ट्रपतिबाट फिर्ता भएका थिए ।

साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्ने कार्यसूची समेत रहेको छ ।

यसैबीच, अधिवेशन सुरु भएसँगै संसद भवनमा भीड लाग्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई समेत ध्यान दिइएको छ । संसदमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूका सहयोगीका साथै सञ्चारकर्मीसमेत एकै ठाउँ भीडभाड हुने हुँदा संक्रमणको जोखिम रहन्छ । यसै कुरालाई ध्यानमा राखी सरकारले सबै सांसदहरुको कोरोना भाइरस परीक्षण गरिरहेको छ ।

बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०८ बजे

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका