बैंक तथा वित्तीय संस्थाले आजबाट सबैखाले सेवा सञ्चालन गर्दै « Khabarhub

बैंक तथा वित्तीय संस्थाले आजबाट सबैखाले सेवा सञ्चालन गर्दै


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार)बाट आफ्ना सबैखाले सेवा सञ्चालन गर्न थालेका छन् ।

सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकायलगायत बिभिन्न ४२ क्षेत्रलाई सेवा सञ्चालन गर्न अनुमति दिएपछि बैंक तथा वित्तीय संस्थाले आजबाट काम सुरु गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेको जनाएका छन्।

सरकारको निर्णयसँगै शुक्रबारबाट सेवा सञ्चालन गर्न तयार भएको बैंकर्स एसोसिएशन अफ नेपालका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताए। बिहीबार सार्वजनिक बिदा भएकाले एकदिन ढिलागरी सेवा सञ्चालन गरिएको दाहालले बताए ।

सरकारको निर्णय अनुसार एकतिहाइ कर्मचारीबाट मात्रै काम सुरु हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकले भने उच्च सावधानीका साथ काम गर्न निर्देशन दिएको छ। बैंकको नियमनकारी निकाय राष्ट्र बैंकले अहिले बैंकलाई आफ्नो सेवा सुचारु गर्न आफैमा कठिनाई रहेको र चुनौतीका बीच सावधानीपुर्वक संचालन गर्नुपर्ने बताएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उद्योग चल्ने बित्तिकै मुद्राको आवश्यकता र मुद्राको संचिति स्वतः बढ्ने बताए।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई