के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ? « Khabarhub

के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ?


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित ‘रामायण’ संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो भएको खबर फैलिएको छ । दूरदर्शनले ट्वीट गरेर यसको घोषणा गरेको थियो ।

१६ अप्रिलमा प्रसारण गरिएको ‘रामायण’ ७ करोड ७० लाख मान्छेले हेरे । जबकि ‘गेम अफ थ्रोन्स’ र ‘बिग ब्याङ थ्योरी’ भन्दा पनि धेरै हेरिएको भनियो ।

विश्वमा गेम अफ थ्रोन्स (१ करोड ७४ लाख) र बिग ब्याङ थ्योरी (१ करोड ८० लाख) धेरै हेरिएको रेकर्ड छ ।

दूरदर्शनले कीर्तिमानी बनाएको भने पनि यो सत्य नभएको देखिएको छ । किनकि, अमेरिकन वार कमेडी ड्रामा टेलिभिजन शो ‘मेस’ ले २८ फेब्रुअरी १९८३ को अन्तिम एपिसोडसम्म १०६ मिलियन (१० करोड ६० लाख) ले हेरेका छन् ।

यो आँकडा ‘रामायण’ को भन्दै धेरै अगाडि हो । १६ अप्रिलमा धेरै हेरिएको दाबी गर्दा पछिल्ला ५ वर्षमा सिरियल हेर्ने यस्तो क्रेज नदेखिएको पनि बताइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ३० बजे

कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा