भारतमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु « Khabarhub

भारतमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ  ।

शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दक्षिण मध्य रेलवेका प्रमुख पीआरओलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार शुक्रबार विहान साढे पाँच बजे घटना भएको थियो । उनका अनुसार घटनाको प्रकृति हेर्दा मजदुरहरु रेलको लिकमा सुतिरहेका थिए ।

एउटा स्टील कारखानामा काम गर्ने २० मजदुरहरु जालनाबाट भुसावलतर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ ।

मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ ।

जाल्नाबाट भुसावलबीचको दूरी करिब १५० किलोमिटर रहेको ४५ किलोमिटर हिँडिसकेपछि उनीहरु रेल्वे ट्रयाकमै सुस्ताएको हुनसक्ने प्रहरीले बताएको छ । उनीहरु सुतिरहेका बेला मालवाहक रेलले बन्दनपुर कर्माड स्टेसनबीचको ठाउँमा किचेको हो ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ३३ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज