कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका नागरिक छन् ।

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये बुधबार मात्रै ६ जना डिस्चार्ज भएका थिए ।

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ छ । शुक्रबार ८ र बुधबार ६ गरी १४ जना डिस्चार्ज भइसकेका छन् । अब कोशी अस्पतालको आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकराी दिएको छ ।

बिहीबारसम्मको तथ्याङ्कअनुसार प्रदेश १ मा पीसीआर विधिबाट १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

देशभरमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्येका ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ५० बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ