बालुवाटारमा ओली, प्रचण्डसहितका नेताबीच छलफल « Khabarhub

बालुवाटारमा ओली, प्रचण्डसहितका नेताबीच छलफल


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको बजेट अधिवेश सुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी लगायत बालुवाटार पुगेका पुगेका थिए ।

शुक्रबार(आज) अपराह्न चार बजे संसद बैठक आह्वान गरिएको छ ।

बैठक अघि संसदीय दलको बैठक बस्ने प्रचलन रहेको भएपनि कोरोना भाइरसको महामारीका कारण बैठक बस्ने सहज अवस्था नभएपछि नेताहरु अनौपचारिक छलफलका लागि बालुवाटार पुगेका हुन् ।

कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेको र बैठक बस्ने सम्भावना नभएका कारण अनौपचारिक रुपमा छलफल भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बालुवाटारमा नेताहरुबीच ९ बजेदेखि ११ बजेसम्म छलफल भएको थियो । प्रधानमन्त्रीसँग नेताहरुले संसद बैठक र बजेटका बारेमा छलफल गरेका थिए ।

नेताहरुसँगको छलफलपछि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीचपनि छुट्टै छलफल भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना