बिहीबार स्वाब संकलन गरिएका सबै सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

बिहीबार स्वाब संकलन गरिएका सबै सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार स्वाब संकलन गरिएका संघीय संसदका सदस्य (सांसद) र कर्मचारी तथा सुरक्षाकर्मी सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आज (शुक्रबार)देखि शुरु हुने वर्षे (बजेट) अधिवेशनलाई लक्षित गरी बिहीबार संघीय संसदका सांसद, कर्मचारी तथा सुरक्षाकर्मी (मर्यादापालक)को गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।

सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले केही अगाडि मात्रै सबै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको भनेर संघीय संसद सचिवाललाई जानकारी गराएको छ ।

बिहीबार प्रतिनिधिसभाका सदस्य १ सय ७९ जना, ३३ जना राष्ट्रिय सभा सदस्यको स्वाब संकलन गरिएको थियो । यस्तै, संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रगोशालामा पीसीआर विधिबाट गरीएको परीक्षणमा ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले खबरहबलाई जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सँगको सहकार्यमा संघीय संसदका सांसद तथा कर्मचारीहरुको बिहीबार र शुक्रबार गरी ६ सय ८९ जनाको थ्रोड स्वाब संकलन गरेको थियो ।

मेलानका संस्थापनक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालका अनुसार आज (शुक्रबार) संकलन गरीएका २ सय ४८ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा रहेको छ । शुक्रबार संकलन भएका नमूनाको रिपोर्ट पनि साँझ सम्म आउने मेलाका संस्थापक अध्यक्ष एवं संरक्षक रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ०० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले