सलमान खानको फिल्म ‘राधे’ अनलाइनमा रिलिज हने खबरले मच्चियो हलचल « Khabarhub

सलमान खानको फिल्म ‘राधे’ अनलाइनमा रिलिज हने खबरले मच्चियो हलचल


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे’ डिजिटल रिलिज हुने खबरले बलिउड तातेको छ । फिल्म हलवालाहरुले यसलाई विश्वभर चलिआएको नियमको उल्लङ्घन हुने बताएका छन् ।

हलवालाहरुले फिल्म डिजिटल रिलिज गर्नुभन्दा पहिले हलमा ८ हप्तासम्म चलाउनुपर्ने दाबी गरेका छन् । उनीहरुका अनुसार ठूला बजेटका फिल्म हलमा रिलिज गर्दा फिल्म व्यवसायसँग जोडिएका सबैलाई राम्रो हुन्छ ।

यता मल्टिप्लेक्स एसोसियसन अफ इन्डियाले सलमान खानसँग यसबारेमा कुरा गर्ने जनाएको छ । यो संकटको घडीमा सीधै डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गर्दा उनको फिल्मको मूल्य कम हुन आउने पनि उनीहरुले दाबी गरेका छन् ।

सलमान खानको फिल्म ‘राधे’ लाई २ सय ५० करोड भारुमा डिजिटल प्लेटफर्ममा सीधै रिलिज गरिने खबर बलिउडमा छाएको थियो । तर, यो अफर सलमानलाई नआएको पनि हुनसक्ने बताइएको छ । किनकि, डिजिटल प्लेटफर्ममा यति कमाइ गर्न अहिलेको अवस्थामा बलिउडलाई पनि गाह्रो छ ।

अर्कातिर सलमान खानलाई फ्यानले थिएटरमा हेर्न चाहेका हुन्छन् । ठूलो पर्दामा फिल्म हेर्दा छुट्टै आनन्द हुने भएकाले पनि फ्यानहरुले फिल्म हलमै हेर्न चाहन्छन् ।

बलिउडमा कमाइको ६० प्रतिशत हिस्सा फिल्म हलकै हुन्छ भने ४० प्रतिशत डिजिटल स्याटलाइटको हुन्छ । सलमान खानको स्टारडम पनि फिल्म हलमै बढी देखिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट