कोरोना विरुद्धको लडाइँमा सरकारसँगै छौं : देउवा | Khabarhub Khabarhub

कोरोना विरुद्धको लडाइँमा सरकारसँगै छौं : देउवा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाइमा सरकारसँगै उभिएको बताएका छन् ।

शुक्रबार(आज) बाट शुरु भएको संसदको बजेट अधिवेशनमा सभापति देउवाले सरकारमा नरहे पनि सरकारसँगै मिलेर लड्न सकिन्छ भन्ने भावनाका साथ कांग्रेसले सहयोग गरिरहेको बताए ।

उनले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा स्वदेश र विदेशमा रहेका नेपालीको धेर्यको प्रशंसा गर्दैै सम्यमताका साथ सामना गर्न अपिल गरे ।

कोरोनाविरुद्धको लडाइ जारी रहँदा सरकार भने भ्रष्टाचार र अधिनायवादी नियतका साथ अघि बढिरहेको आरोप देउवाले लगाए ।

कोरोनाबाट नेपालीको रक्षागर्न सरकारलाई हरसम्भव सघाउने बताउँदै देउवाले भने, तर बेथिति भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई चिजलाई हामी निरन्तरता दिने छौं ।

लकडाउने श्रमिक बेरोजगार र विद्यार्थीलाई सबैभन्दा ठूलो संकट परेको भन्दै देउवाले सरकारले पर्याप्त राहत नदिँदा श्रमिक पैदल हिँडेर गाउँ जान बाध्य भएको बताए ।

‘न खान दिने न गाउँ जान दिने सरकारले यस्ते कामले जनतालाई आहत तुल्यायो ‘ देउवाले भने।

रोजगारी गुमेका र सहजरुपमा रहत पाउनुपर्ने ले राहत पाउन नसकेको देउवाको भनाइ थियो ।

सुकम्बासीलाई जाउलो पुराउने तत्कालिन दायित्व विर्सिर सरकारले सुकुम्बासी आयोग गठन गर्ने काम गरेको भन्दै देउवाले आलोचना गरे ।
श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी र पत्रकार मिडिया हाउस पर्यटन व्यवसायी, साना व्यापारीदेखि उद्योगिलाई राहत दिने प्याकेज घोषणा गर्न सरकारसँग देउवाले माग गरे ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार, कोरोनाविरुद्ध लड्ने बेलामा सामाग्रीको अझै अभाव रहनु दुखद् र लज्जास्पद भएको देउवाको भनाइ थियो ।

‘खरिदप्रकृयामा पारदर्शी नहुनु र बढी मूल्यमा खरिद गरिनु गम्भी र अक्षम्य छ । दोषीलाई पदमुक्त गरेर कारबाही गर्न म सरकारसँग माग गर्दछु,’ देउवाले भने ।

लोकतान्त्रिक मूल्य र मान्यता विपरित दुई अध्ययादेश जारी गरेर गैर लोकतान्त्रिक र गैर जिम्मेवार चरित्र प्रस्तुत गरेको देउवाको आरोप थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ३७ बजे

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ