सांसद अपहरण प्रकरणबारे संसदमा यथार्थ जानकारी आउँछ भन्ने विश्वास छ : नेम्वाङ « Khabarhub

सांसद अपहरण प्रकरणबारे संसदमा यथार्थ जानकारी आउँछ भन्ने विश्वास छ : नेम्वाङ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद अपहरणको घटनाबारे यथार्थ जानकारी संसदमा गराउनु पर्ने बताएका छन् ।

शुक्रबार संसदको बजेट अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा नेम्वाङले सांसदको अपहरणबारे यथार्थ संसदले थाहा पाउनु पर्ने बताएका हुन् ।

‘सांसदको अपहरण हुनुहुन्न। भएको के हो। यथार्थ के हो संसद चल्दा यथार्थ आउँछ भन्ने विश्वास छ,’ नेम्वाङले भने, ‘हामी कुनै आपराधिक कार्यको पक्षमा छैनौं।’

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी शैलीमा अघि बढ्दै सांसद अपहरणमा लागेको आरोप लगाएका थिए ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका दुई सांसद महेश श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ०६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार