दाङका चार पालिकाको एउटा आइसोलेशन केन्द्र « Khabarhub

दाङका चार पालिकाको एउटा आइसोलेशन केन्द्र


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शैय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् ।

राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

आइसोलेशनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा १५ लाख रूपैयाँ जम्मा गर्ने भएका छन् ।

केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

‘दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको हो’, प्रवक्ता चौधरीले भने ।

देउखुरी क्षेत्रका प्रदेशसभा सदस्य र चार वटै पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको आइतबारको बैठकले कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाले खेल्ने भूमिकासमेत निर्धारण गरिएको छ ।

देउखुरी आइसोलेशन केन्द्रका लागि आर्थिक, प्राविधिक, मानवीय पक्ष तथा सुरक्षागत कुरामा सबैको सहभागितासमेत निर्धारण गरी यही जेठ २७ गतेसम्म पूर्ण रुपले आइसोलेशन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन, दुई फिजिसियन, चारै पालिकाकाबाट आठ चिकित्सक, आठ नर्स, चार ल्याब टेक्निसियन र आठ कार्यालय सहयोगीसहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेशन केन्द्र शुरु गरिने छ ।

जिल्लामा संक्रमित बढ्दै गएको र उनीहरुलाई राख्न आइसोलेशन वार्डको कमी भएकाले चार पालिका मिलेर बनाउन थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ४९ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश