आजै बजेट पारित गर्ने तयारी, बजेटमा सम्बन्धित मन्त्रीले जवाफ दिदै « Khabarhub

आजै बजेट पारित गर्ने तयारी, बजेटमा सम्बन्धित मन्त्रीले जवाफ दिदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा सांसदहरुले पेश गरेको २४ भन्दाबढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ ।

मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुला हुनेछ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : ५१ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश