कोरोना संक्रमितको उपचारमा ‘जेठी मधु’को परीक्षण गरिँदै « Khabarhub

कोरोना संक्रमितको उपचारमा ‘जेठी मधु’को परीक्षण गरिँदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा जेठी मधुको परीक्षण गर्ने भएको छ।

दम, खोकी, तथा पेटका रोग निको पार्न जेठी मधुको प्रयोग हुँदै आएको पाइन्छ । त्यसैले कोरोनाविरुद्धको उपचारमा पनि यो फलदायी हुने विश्वास गरिएको छ ।

‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

‘भारत र चीनमा यसको प्रयोग भएको र राम्रो परिणाम पनि देखाएको छ। त्यसैले हामीले पनि यसको प्रयोगको तयारी थालेका छौं,’ डा. ज्ञवालीले भने, ‘यसले संक्रमितमा लक्षणहरुलाई कति घटाउँछ, मृत्युदरलाई घटाउँछ कि घटाउँदैन जस्ता पक्षहरुलाई हामी हेर्नेछौँ।’

यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ।

अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिने डा. ज्ञवालीले बताए।

परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया कोरोना संक्रमितलाई खुवाउने तयारी भएको बताए।

प्रदेश ५ का जनस्वास्थ्य अधिकृत तथा आयुर्वेदका चिकित्सक राजेन्द्र गिरीले जेठी मधु मिसाएको औषधि श्वासप्रश्वास, रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउनका लागि प्रयोग हुने गरेको बताए।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ४४ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ