काठ चिर्ने हतियारले श्रीमानको हत्या « Khabarhub

काठ चिर्ने हतियारले श्रीमानको हत्या


२६ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलाम हतियारको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : ५६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७