३१ वर्षीय युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा « Khabarhub

३१ वर्षीय युएफसी फाइटर म्याकग्रेगरद्वारा तेस्रो पटक सन्यासको घोषणा


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएफसी फाइटर कोनोर म्याकग्रेगरले चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका छन् ।

आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार फाइटरबाट सन्यास लिएको ट्वीट गर्दै घोषणा गरे ।

आफ्ना समर्थकलाई सम्बोधन गर्दै म्याकग्रेगरले लेखेका छन्, ‘मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । आश्चर्यजनक सम्झनाहरुका लागि सबैलाई धन्यवाद ।’

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास घोषणा गरेका हुन् । यस उनले अघि सन् २०१६ र १९ मा सन्यास लिने निर्णय गरेका थिए । तर, पनि उनी पुन रिङमा फर्किएका थिए ।

म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ४ हार व्यहोरेका छन् । यस्तै, ३१ वर्षीय उनले आफ्नो खेल करियरमा २ सय मिलियन अमेरिकी डलर कमाएको छन् ।

म्याकग्रेगरले आफ्नो अन्तिम खेल २०२० मा खमेरिकाका चर्चित फाइटर डोनाल्ड ‘काउब्वाई’ सेरोनलाई पराजित गरेका थिए । काउब्वााईलाई उनले लस भेगासमा भएको खेलमा ४० सेकेन्डको छोटो समयमा पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी