मेलम्ची खानेपानी उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं – मन्त्री मगर « Khabarhub

मेलम्ची खानेपानी उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं – मन्त्री मगर


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना चाँडै सकिने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा मन्त्री मगरले अब मेलम्ची आयोजना बारे उठेका प्रश्नहरूलाई बिट मार्ने बेला आएको बताइन ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरेर उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको संसदलाई जानकारी गराएकी छन् ।

खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन र कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले भनिन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको हरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं भन्ने जानकारी गराउन चाहन्छु ।’

विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै मन्त्री मगरले त्यसको अब अन्त्य हुन लागेको बताएकी हुन् । ‘विगत दुई दशकदेखि मेलम्ची खानेपानीले आशाहरू सँगसँगै उब्जाएका निराशाहरू अन्त्यको समय आएको छ,’ उनले भनिन् ।

मेलम्ची खानेपानीको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो ।

उनले काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

‘भौतिक काम चालु आर्थिक वर्षमै सम्पन्न हुने र त्यसको वितरण प्रणालीलाई अबको आर्थिक वर्षमा व्यवस्थित ढंगले गराउने जानकारी गराइसकेका छौं,’ मन्त्री मगरले भनिन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : २२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष