भरतपुर अस्पतालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

भरतपुर अस्पतालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर अस्पतालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर अस्पतालले विशेष फेसबुक लाइभ मार्फत भतरपुर अस्पतालको प्रयोगशालामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले २ जना स्वास्थ्य कर्मी र एकजना आइसीयुमा भर्ना भएका बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएको बताए ।

डा तिवारीका अनुसार शुक्रबार र शनिबार संकलन भएको स्वाब परीक्षण नतिजा आज आएको हो ।

डा तिवारीका अनुसार नयाँ संक्रमितहरु मध्ये पूर्वनवलपुरका ५ जना, धादिङका एकजना र अन्य संक्रमितहरु चितवनकै छन् ।

पूर्वनवलपुरकी ६३ वर्षकी एक महिला र ३३, ३९, २१ र४० वर्षका पुरुष छन् । यस्तै चितवन मेडिकलमा उपचारत २ जना छन् । २५ वर्षका पुरुष र ६६ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै भतरपुर– ३ का ६८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी आइसियुमा उपचारत छन् । यस्तै धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर क्यान्सर अस्पतालमा उपचारत एकजना ६२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी राजविराजकी हुन् । यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर ६ र २१ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनको एक निजी अस्पतालमा कार्यारत दुईजना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै भरतपुर ४ का २१ वर्षीया महिला, माणी चितवनको क्वारेन्टाइनमा रहेका ६ जना १४ वर्षकी एक बालिकादेखि ४६, २८, ४१, २४ र २० वर्षका पुरुष छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ३७ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको