संसदमा मेरो चरित्र हत्या गरियो– मन्त्री विश्वकर्मा « Khabarhub

संसदमा मेरो चरित्र हत्या गरियो– मन्त्री विश्वकर्मा


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा ‘सुनार’ले सासद प्रदिप यादवले आफुमाथि गम्भिर आरोप लगाएको भन्दै दुख व्यक्त गरेका छन् ।

जेठ १९ गते संघीय संसदमा बोल्दै सासद यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको तराई लक्षित विवादास्पद अभिव्यक्तिमाथि टिप्पणी गर्दै एन्फाले मन्त्रीलाई माया गरेको बताएका थिए ।

उनले एन्फाले आगामि आर्थिक वर्षका लागि पोखरामा बहुउदेशीय एकेडेमी निर्माण गर्न १७ करोड विनियोजन गरेको विषयसँग मन्त्रीलाई जोड्दै भनेका थिए, ‘अहिले एन्फाले पनि मन्त्री ज्युलाई माया गर्न थालेको छ । उसले १७ करोडको प्रोजेक्ट मन्त्रीको क्षेत्रमा विनियोजन गरेको छ ।’

यस विषयले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको बताउँदै मन्त्रीले सोमबार संसदमा भने, ‘मन्त्रीलाई एन्फाले माया गरेको छ । १७ करोड एन्फाले दिएको छ भन्नुभयो । यो मैले भनेको होइन, उहाँले भन्नु भएको हो । यसको आशय के थियो ? सम्बन्धित व्यक्तिले स्पष्ट पार्नुपर्यो ।’

मन्त्रीले अगाडि थपे, ‘उहाँले जुन शब्द प्रयोग गर्नु भएको छ त्यहिँ हो भने यो विषय गम्भीर छ । उहाँले बोलेको कुरालाई पुष्टि गर्न चुनौति दिन्छु । मैले कसैबाट पनि पैसा लिएको छैन ।’

एन्फाले पोखरामा बनाउन लागेको प्रोजेक्टबारे आफुलाई जानकारी नभएको बताएका मन्त्रीले ‘एन्फाले एकेडेमी बनाउँन लागेको भन्ने सुन्नमा आएको छ । यो प्रशंग हो भने यसमा मेरो कमजोरी भएन नि !’

मन्त्री विश्वकर्माले आफ्नो निजी जीवनमा पनि असर गर्ने भएकाले संसदको रेकर्डबाट उक्त अडियो हटाउन माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना