भारतको सहयोगमा ५६ विद्यालयको पुनर्निर्माण हुँदै « Khabarhub

भारतको सहयोगमा ५६ विद्यालयको पुनर्निर्माण हुँदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय दुताबासको सहयोगमा नेपालका विभिन्न स्थानका ५६ वटा विद्यालय पुनर्निर्माण हुने भएको छ ।

भारतीय दुताबासले सोमबार विज्ञप्ति जारी गर्दै भूकम्पबाट क्षेतिग्रस्त भएका गोरखा, नुवाकोट, धादिङ, दोलखालगायतका जिल्लामा ५६ वटा विद्यालय पुनर्निर्माणका लागि २ अर्व ९५ करोड रुपैयाँ सहयोग गर्ने जनाएको हो ।

उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि सोमबार भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ बीच ७ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार, नेपाल सरकारले तोकेको मापदण्डमा भूकम्प प्रतिरोधि भवन निर्माण हुनेछन् । भूकम्प प्रतिरोधि संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ३ : ५८ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन