विश्वभर एकै दिन २ लाख ७ हजार संक्रमित,  ५ हजार ५१२ को मृत्यु | Khabarhub Khabarhub

विश्वभर एकै दिन २ लाख ७ हजार संक्रमित,  ५ हजार ५१२ को मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१२ को मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १९ लाख ४८ हजार १८१ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६८ लाख ४४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९४ हजार ५४८ जनाको मृत्यु भएको छ ।

२५ लाख ४ हजार ६७५ जना संक्रमित भएकोमा १४ लाख ५१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७८ हजार ६२४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख २७ हजार २५४ पुगेको छ । त्यसमध्ये १६ लाख ४७ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६४ हजार ४४२ जनाको मृत्यु भएको छ । २६ लाख ८० हजार २६८ जना संक्रमित भएकोमा १८ लाख २१ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९६ हजार ७७५ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ६१३ जना संक्रमित भएकोमा १६ लाख ७१ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार १५ जनाको ज्यान गएको छ भने ५ लाख ११ हजार ११७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ४७ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५३१ जना संक्रमित भएकोमा ९ हजार ८४ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : १७ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा