भिभोको ‘वाई थर्टी’ नेपाली बजारमा, यस्ता छन् विशेषता « Khabarhub

भिभोको ‘वाई थर्टी’ नेपाली बजारमा, यस्ता छन् विशेषता


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिभोले नेपालमा आफ्नो नयाँ फोन वाई थर्टी मोडल सार्वजनिक गरेको छ ।

नेपालमा यो फोन दुई मोडल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमध्ये चार जीबी र्याम प्लस ६४ जीबी स्टोरेजको फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ भने चार जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २७ हजार ९९९ रहेको छ ।

यो फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप रहेको छ । क्यामेराको कुरा गर्दा यसमा पछाडि भागमा चारवटा क्यामेरा रहेका छन् । जसमा १३ मेगापिक्सल, ८ मेगापिक्सेल र २/२ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

यी चारवटै क्यामेरामा एआई सपोर्ट रहेको कम्पनीको दाबी छ । यस्तै यसको अगाडि भागमा आठ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा सेक्युरिटीका लागि रियर फिंगरप्रिन्ट र फेस रिकग्निसन रहेको छ ।

भिभो वाई थर्टीको स्क्रीनको माथिल्लो कुनामा सानो पञ्च होल क्यामेरा रहेको छ । ६.४७ इञ्चको डिस्प्ले रहेको यो फोनमा १५६० बाई ७२० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ ।

फोनको सफ्टवेयरको बारेमा कुरा गर्दा यसमा अक्टा कोर मिडियाटेक हेलियो पी थर्टी फाइभ (एमटी ६७६५) प्रोसेसर चिप रहेको छ । बजेट सेग्मेन्टको यो फोनलाई आई भ्यू डिस्प्ले, एआई क्वाड क्यामेरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअपले यो फोनलाई उत्कृष्ट बनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ५७ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६