बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो « Khabarhub

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ ।

बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षति पुर्‍याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ ।

प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् ।

जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् ।

यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो । ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : ५६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना