नबिल बैंक र हुवावेबीच सहकार्य « Khabarhub

नबिल बैंक र हुवावेबीच सहकार्य


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नबिल बैंकले हुवावे टेक्नलोजीसँग आज एक कार्यक्रमबिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले सूचना प्रविधि सेवा प्रदायक कम्पनी हुवावेसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित Leading Digital Bank बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हुवावेले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा (Digital Transformation) सहभागी भई शाहलेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गरे ।

कार्यक्रमा बोल्दै हुवावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि, आर्टिफिशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ०१ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने