क्रिएशन र कोका–कोलाद्वारा चितवनमा दोस्रो चरणको राहत वितरण « Khabarhub

क्रिएशन र कोका–कोलाद्वारा चितवनमा दोस्रो चरणको राहत वितरण

अन्तिम चरणको कार्यक्रम सप्तरी, सिराहा र पर्सामा आयोजना गरिँदै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोका–कोलासँगको सहकार्यमा युवा, महिला तथा वातावरणको क्षेत्रमा क्रियाशील संस्था क्रिएशनले कोरोना प्रभावित चितवनका सफाइकर्मीलाई राहत वितरण गरेको छ ।

३ हजार २०० सफाइकर्मीलाई सहयोग पुर्‍याउने लक्ष्यसहित कोका–कोला र क्रिएशनले शुरू गरेको राहत वितरणको यो दोस्रो चरण हो ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सरसफाइकर्मी र उनीहरूका परिवारलाई स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरेको क्रिएशनले बताएको छ ।

राहत वितरणबाट चितवनमा ६४० जना सफाइकर्मीहरू लाभान्वित भएका छन् । उनीहरूलाई औषधि, जागरुकता सामग्री, ग्लभ्स, बुट र पीपीईलगायत सुरक्षा सामग्री वितरण गरिएको छ ।

जिल्लाको रत्ननगर र भरतपुरका विभिन्न १५ वटा स्थानमा आयोजना गरिएको कार्यक्रममा रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीनसिटी वेस्ट म्यानेजमेन्टको सहयोग थियो ।

कार्यक्रममा भरतपुर नगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालिकाका मेयर नारायण वनको उपस्थिति थियो ।

अब अन्तिम चरणको राहत वितरण कार्यक्रम आगामी साता सप्तरी, सिराहा र पर्सामा आयोजना गर्ने तयारी गरिरहेको संस्थाले जानकारी दिएको छ ।

सफाइकर्मीको हित समाजसँग प्रत्यक्ष जोडिएकाले उनीहरूलाई विद्यमान महामारीको डरबाट मुक्त गराई सुरक्षित जीवन बिताउन सहयोग गर्नु सबैको कर्तव्य भएको क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले बताए ।

यस्तै कठिन समयमा पनि सफाइकर्मीले प्रशंसनीय काम गरिरहेको बताउँदै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले उनीहरूको सुरक्षाका लागि रक्षात्मक सामग्री र परिवारका लागि खाद्यान्न सुनिश्चित गरिएको बताए ।

‘सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट’ जेठ २ गतेदेखि शुरू भएको थियो । हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न भएका छन् भने २ हजार ३०० भन्दा बढी सफाइकर्मीहरू प्रत्यक्ष लाभान्वित भएको क्रिएशनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ०५ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने