हिरोइन भएपछि यति त सहनुपर्छ भन्नु अपमानजनक: स्वस्तिमा « Khabarhub

हिरोइन भएपछि यति त सहनुपर्छ भन्नु अपमानजनक: स्वस्तिमा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले निर्माता तथा निर्देशक युवराज लामाको अभिव्यक्तिप्रति विरोध जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै लामाको अभिव्यक्तिप्रति असहमति जनाउँदै अपमानजनक भएको टिप्पणी गरेकी हुन् ।

निर्मातासमेत रहेका युवराज लामाले अभिनेता भुवन केसीलाई समर्थन गर्दै कसैले अंकमाल गर्‍यो, गाला छायो भनेर रुनुको अर्थ नभएको बताएका थिए । उनले अन्तर्वार्तामा चलचित्र क्षेत्रमा यस्तो भइरहने भनेका थिए ।

लामाको यो भनाइप्रति स्वस्तिमाले असहमति प्रकट गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – चलचित्र क्षेत्रको जिम्मेवार र वरिष्ठ व्यक्तिले यस्तो भन्नु दुखद कुरा हो ।

कसैलाई छुने, चुम्बन गर्ने, जबरजस्ती तान्ने जस्तो व्यवहार शारीरिक दुर्व्यवहार भएको र यस्तो दुर्व्यवहार सह्य नहुने स्वस्तिमाले बताएकी छिन् ।

स्वस्तिमाले हिरोइन भएर यति त सहनुपर्छ भन्नु अपमानजनक भनाइ भएको बताएकी छिन् । युवराज लामाले अन्तर्वार्ताका क्रममा हिरोइन भएपछि यति त सहनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

केही दिनअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीले आफूमाथि घिनलाग्दो व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

नेपाली फिल्म उद्योगमा कलाकारले कलाकारलाई गर्ने व्यवहारलाई लिएर बहस सिर्जना भइरहेका बेला युवराज लामाको उक्त अभिव्यक्ति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया