भोकै बस्दा किन पेट कराउँछ ? « Khabarhub

भोकै बस्दा किन पेट कराउँछ ?


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ पेट कराएको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खालीपेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ ।

मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर किन कराउँछ पेट ?

पेटले नियमित रुपमा हामीले खाएको खानालाई पचाउने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३/४ घण्टा समय लाग्दछ ।

कतिपय अवस्थामा खानाको परीकारले यो समय हेरफेर हुनसक्छ । यस्तोमा हामीले धेरैबेरसम्म खाना नखादाँ पेट खाली भएको हुन्छ ।

जसका कारण खाना पचाउन पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । र खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज आउँछ । यसैलाई हामी पेट कराएको भन्ने गर्दछौ ।

तर भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नुको अर्थ हो, शरीरले आवश्यक पोषण माग्नु । साथै भोकलाई नियन्त्रण गर्ने भाग हाम्रो मस्तिष्कमा रहेको हुन्छ ।

यस्तोमा हाम्रो शरीरमा पोषण कम हुने बित्तिकै पेट र आन्द्रामा विशेष संकेत पुग्दछ र हामीलाई भोक लाग्न थाल्छ ।

पेट कराएको बेला पेट र आन्द्रा निकै सक्रिय हुन्छ । यस्तो बेलामा जे खाए पनि हतारहतार पचाउने कोसिस गर्दछन् । अर्थात पेट र आन्द्रा आफ्नो काममा सक्रिय हुन थाल्दछन् ।

यस्तो बेला खाना पूर्ण रुपमा नपच्न सक्छ । तसर्थ लामो समय भोको रहेपछि शुरुमा केहि स्वास्थ्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ३२ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान