डरलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशालु सर्प भेटिन्छ « Khabarhub

डरलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशालु सर्प भेटिन्छ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको मध्यप्रदेशस्थित एक गाउँमा यति धेरै सर्प पाइन्छ कि जसका कारण गाउँको नाम नै नागचुन रहन गयो ।

नागचुन गाँउको सबैभन्दा रोचक कुरा त के छ भने यस गाउँको बाटो, खेत वा घर आसपासमा मात्र होइन घरभित्र बेडरूम, किचन र दराजमा समेत विशालु सर्प भेटिन्छ ।

हो, यस गाउँमा घरभित्र किचन, बेडरूम, बाथरूम वा आगन यत्रतत्र सर्प भेटिन्छ । नागचुनको हवाईपट्टिको सामुन्नेमा रहेको सयौं एकड जग्गामा विशालु सर्प भेटिन्छ ।

यस गाउँमा ६/७ पिढि देखि बस्दै आएका स्थानीयका अनुसार गाउँमा अत्यधिक सर्प भेटिन थालेपछि कुनै पनि शुभकार्य गर्दा शुरुवातमा नाग देवताको पूजा गरिन थालियो । पछि मन्दिर बनाएर हरेक महिनाको पञ्चमीमा नाग देवताको पूजा हुदै आएको छ ।

यसरी गाउँमा जताततै विशालु सर्प भेटिनुको कारण बारे जन्तु विज्ञानका भारतीय विशेषज्ञ राजेश सिंहका अनुसार नागचुन गाउँ भौगोलिकस्थित अनुसार सर्पका लागी अनुकूल रहेको छ ।

यस गाउँमा बाँस, पोखरी, नहर तथा चट्टानी क्षेत्र भएकाले यस्तो स्थान सर्पका लागी प्राकृतिक रूपले अनुकुल मानिन्छ । यस्तो स्थानमा सर्पको भोजन, स्वास्थ्य, सुरक्षा र उत्पादन सहज हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ३८ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ