विप्लव नेकपाका नेता भक्तपुरबाट पक्राउ « Khabarhub

विप्लव नेकपाका नेता भक्तपुरबाट पक्राउ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।

रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए ।

यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौँ लगेका थिए ।

सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : ५८ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि