पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण « Khabarhub

पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार अवेर राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह तेलीसहित ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसेका मेयर तेली अस्पताल जाने तयारीमा जुटेको खबरहबलाई जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएपछि अहिले घरमै बसेको छु, अस्पतालमा बेड खाली छैन भन्ने सूचना आएको छ, बेडको व्यवस्था भएपछि जान्छु,’  तेलीले भने ।

संक्रमित हुनेमा ७ महिला र ४८ जना पुरुष छन् । उनीहरू २२ वर्षदेखि ७४ वर्षसम्मका छन् । संक्रमितहरू तीन जना बाराका र एक सर्लाहीका छन् ।

५१ जना पर्साका छन् । त्यसध्ये एक जना मृत्यु भइसकेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार गण्डक अस्पतालमा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-३ छपकैयाका ७४ वर्षीय वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित ५० जनामध्ये २३ जना वीरगञ्जस्थित विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायतका स्थानका छन्।

यस्तै पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई, नगरदाहा, गम्हरीया, भौराटार, वैरिया लगायतका क्षेत्रका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बहुदरमाई नगरपालिकाका वैरियाविर्ता क्वारेनटाइनमा रहेका १२ जनामा संक्रमण देखिएको छ। बहुदरमाईको नगरदाहा, गम्हरीया, भौराटार, वैरिया २, बहुअरी पिडरीलगायत टोलका संक्रमित रहेका छन्।

बाराका तीन जनामध्ये कलैया १० घर भई नारायणी अस्पतालको ल्याबमा काम गर्ने ३१ वर्षीय प्राविधिक रहेका छन्। त्यसैगरी, बारा मनहर्वाका ४३ वर्षीय र भलुही भरवलियाका ३१ वर्षीय पुरुषमा पनि कोभिड-१९ पुष्टि भएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : २१ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६