सुदूरपश्चिम प्रदेशमा संक्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण « Khabarhub

सुदूरपश्चिम प्रदेशमा संक्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए ।

‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ’, उनले भने, ‘सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन् ।’

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् ।

हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको उनले बताए ।

जिल्ला अस्पताल बैतडीले भने आगामी भदौ दोस्रो साताबाट परीक्षण शुरु गर्ने गरी मेशिन जडानको काम शुरु हुने जनाएको छ । त्यसैगरी कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले  पालिकासित समन्वय गरेर समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको बताए ।

कञ्चनपुरमा भने स्वाब सङ्कलन गरिएकामध्ये ५०० को रिपोर्ट आउँनै बाँकी छ भने भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका २०२ जनाको स्वाब सङ्कलन बाँकी रहेको कञ्चनपुरका कोभिड–१९ का सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : ४१ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत