कृषिजन्य वस्तुको निकासीमा गिरावट | Khabarhub Khabarhub

कृषिजन्य वस्तुको निकासीमा गिरावट


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ ।

नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ ।

अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ । कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको देखिएको छ ।

वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवाको परिणाम र आम्दानीमा गिरावट देखिएको छ भने जडीबुटीबाट बन्ने औषधिजन्य पदार्थको भने परिणाम र आम्दानी दुवैमा केही बढेको देखिएको छ ।

आव ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

अलैँचीको निर्यात कम भएसँगै यसबाट प्राप्त हुने आम्दानीमा समेत ठूलो मात्रामा गिरावट आएको देखिन्छ । आव ०७५/७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणाममा गिरावट आएको हो ।

यसरी अलैँचीको परिणाम र आम्दानीमा गिरावट आउनुमा  चाहिँ अस्थिर बजार र असहज वाणिज्य नीति मुख्य कारण रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन् ।

यस्तै नेपालबाट निर्यात हुने कृषिजन्य पदार्थ चियाको समेत परिणाममा गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । आव ०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ ।

आव ०७५/७६ मा रु तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चियाबाट आम्दानी भित्रिएकामा गत वर्ष ०७६/७७ मा रु तीन अर्ब ७८ करोड २८ लाख ४१ लाखको मात्र देखिएको छ  ।

यसरी एकै वर्षमा चियाको निर्यात खस्किनुका कारण चाहिँ चियामा विवाद भइरहनु र भारतीय बजारको भर नहुने जस्ता कारण रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईंको भनाइ छ ।

चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो ।

यस्तै ठूलो परिणाममा भारत निर्यात हुने अदुवाको समेत परिणाम र आम्दानीमा समेत १४ दशमलव नौ प्रतिशत गिरावट आएको देखिन्छ । आव ०७५/७६ को मा एक करोड ४९ लाख १९ हजार १९५ किलो अदुवा निर्यात भएकामा गत आव ०७६/७७ मा घटेर ८८ लाख ४६ हजार ९३१ किलो निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै अदुवाबाट आव ०७५/७६ मा रु ५१ करोड २२ लाख ९६ हजारको आम्दानी भएकामा आव ०७६/७७ मा रु ४३ करोड ५७ लाख ७८ हजारको आम्दानी भएको देखिन्छ ।

एकै वर्षमा यति ठूलो मूल्यमा आम्दानी घट्नुका कारण खेती गर्ने वैज्ञानिक पद्धति नभएको अदुवा व्यवसायी मातृका घिमिरे बताउँछन् ।

वर्षेनी तापक्रम बढ्दै जाँदा मौसम फरक पर्ने तर माटोको परीक्षण नभई खेती गर्दा अपेक्षाकृत फाइदा लिन नसकिएको घिमिरेको भनाइ छ । पछिल्लो समय अदुवाका बोट कुहिने कारण पनि उल्लेखीय आम्दानी हुन नसक्दा निर्यात घटेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : ५३ बजे

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ