कोरोना समुदायमै फैलिएपछि बर्दियामा निषेधाज्ञा « Khabarhub

कोरोना समुदायमै फैलिएपछि बर्दियामा निषेधाज्ञा


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । बर्दियाको बाँसगढीस्थित बैंकका कर्मचारी, वडाअध्यक्ष तथा गेरुवा गाउँपालिकामा एकजना थुनुवामा कोरोना संक्रमणको पुष्टि भएपछि कोभिड नियन्त्रणका लागि पहल सुरु गरेका हौं ।

साउन २५ गते आइतबारदेखि २९ गते बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ ।

निषेधित अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यकबाहेक कुनैपनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन। अनुमति प्राप्त सबारी साधन, झण्डावाल सबारी, निलो कूटनीतिक प्लेटका सबारी, लामो दूरीका मालवाहक सबारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय बाहेकका सबै निजी, सरकारी तथा सार्वजनिक सबारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ ।

सुरक्षा, स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स तथा शव बोक्ने गाडी, दमकल, औषधि, तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा निषेध गरिएको उनले जानकारी दिए ।

अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कने व्यक्तिले न्युनतम भौतिक दूरीसँगै मास्क लगायत आधारभूत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ । निषेधाज्ञा उल्लंघन गरे कारवाही हुन्छ ।

बर्दियामा पछिल्लो समय क्बारेन्टाइनमा आश्रय लिनेको संख्या घट्दो क्रममा छ । बर्दियामा १ सय ७१ जना सेवाग्राही क्बारेन्टाइनमा छन् । ३० जना कोरोनाका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।