पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा रहेको बेनीघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।

बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

“पहिरो फुजेललगायतका क्षेत्रबाट आएका र बेनीघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्”, उनले भने, “पहिरो हटाउनका लागि उपकरण खोज्ने काम भइरहेको छ ।”

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको उनको भनाइ छ ।

“दिनभरि मेशिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्ने छ”, उनले भने, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।”

झण्डै ७० मिटरमाथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

“ठूलाठूला ढुङगा पनि पहिरोसँगै खसेको छ, सानो मेशिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन”, प्रत्यक्षदर्शी सुजन लामिछानेले भने, “पहिरो करिब बिहान साढे १० बजेतिर खसेको हो ।” पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार