अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाँदै | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाँदै


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक- इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ ।

“राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्बन्ध संकटमा परिरहेका बेला उनीहरुका बीचमा भेटवार्ता हुन लागेको हो ।

उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

यस भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ०८ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।