स्याङ्जामा २२ प्रहरीसहित ३० ले जिते कोरोना « Khabarhub

स्याङ्जामा २२ प्रहरीसहित ३० ले जिते कोरोना


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । जसमध्ये २२ जना प्रहरी कर्मचारी छन्।

यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए।

कोरोना मुक्त हुनेमा ३ र ४ वर्षे बालकसहित उनका अभिभावकले कोरोना जितेका हुन्।

उनीहरुको पीसीआर परिक्षणमा शुक्रबार साँझ नेगेटिभ देखिएपछि उनीहरुलाई शनिबार डिस्चार्ज गरिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्।

अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारका क्रममा छन्। स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : २६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६