दैनिक कोरोना संक्रमण बृद्धिमा अमेरिकाभन्दा भारत अगाडि, एकैदिन ७५ हजारमा संक्रमण « Khabarhub

दैनिक कोरोना संक्रमण बृद्धिमा अमेरिकाभन्दा भारत अगाडि, एकैदिन ७५ हजारमा संक्रमण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैनिक कोरोना संक्रमण बृद्धिमा केही दिन यता भारत सबैभन्दा अगाडि देखिएको छ ।

कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा सोमबारदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अघि छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ७५ हजार २२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ४८ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य