हरियो खुर्सानी भिजाएको पानी पिउँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा « Khabarhub

हरियो खुर्सानी भिजाएको पानी पिउँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हरियो खुर्सानी प्रत्येकको भान्सामा प्रयोग गरिन्छ । धेरै मान्छेहरू खानासँग हरियो खुर्सानी खान रुचाउँछन् । यसले खानामा स्वाद मात्र ल्याउँदैन, ठिक मात्रा खाने हो भने हरियो खुर्सानीले मानव स्वास्थ्यमा अनेकौं फाइदा पुर्‍याउँछ ।

हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ ।

हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएका अनेक अध्ययनहरुले देखाएका छन् ।

हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउछ । यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ ।

हरियो खुर्सानीमा गरिएका कतिपय अध्ययनहरूले यसमा भिटामिन सी र बिटा क्यारोटिन हुने तथ्य सार्वजनिक गरेका छन् । यी तत्वहरूले आँखा स्वस्थ राख्न मद्दत गर्छन् भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।

हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न महत्वपूर्ण भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ ।

हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक मानिन्छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।

राति सुत्ने समय भन्दा केही पहिला २/३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर उक्त पानी सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने अध्ययनहरूले पुष्टि गरेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ०३ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना