गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ | Khabarhub Khabarhub

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ सोनरपट्टीमा जाँच गर्ने क्रममा दुईवटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने रु १० लाख ६२ हजार बराबरको चाँदी जस्तो देखिने सेतो रङको धातु अन्दाजी ५० किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

सामानसहित पक्राउ गरिएका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताए । त्यसैगरी भारतबाट अवैधरूपमा तस्करी गरी ल्याइएका सामान पनि धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा मारेर भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो ।

नदाफले तस्करी गरी ल्याएका सामान गाई गोठमा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।

नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका तयारी कपडा र एक पोका चप्पल गरी करिब रु दुई लाख १३ हजार ४०० को सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ११ : २५ बजे

बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना

क्यानडा – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अहिले रणनीतिक रूपले दक्ष

लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

रुप्से झरनामा पर्यटकीय पूर्वाधार

म्याग्दी– पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित रुप्से

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि