दिनदिनै नुहाउनुहुन्छ भने हुनसक्छ यस्तो हानी | Khabarhub Khabarhub

दिनदिनै नुहाउनुहुन्छ भने हुनसक्छ यस्तो हानी


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा तपाईंले जाडो मौसममा भन्दा बढी नुहाउने गर्नुहुन्छ । नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ ।

गर्मी महिनामा कतिले दैनिक नुहाउने गर्छन् भने कतिले केही दिन बिराएर नुहाउने गर्छन् ।

तराई क्षेत्रमा अत्यधिक गर्मी हुने हुँदा दैनिक ३ पटकसम्म नुहाउने पनि कसैको बानी हुन्छ ।

हामीले सुन्दै आएअनुसार नुहाउनु स्वास्थ्यका लागि राम्रो हो । तर, दिनदिनै नुहाउनु स्वास्थ्यका हिसाबले राम्रो नहुने कतिपय चिकित्सकहरुले बताउँदै आएका छन् ।

कस्ता असर पर्न सक्छन् त ? यसबारेमा जानौंः

जाडोमा तातोपानीले नुहाउनु गलत

कतिपयले जाडो मौसममा तातो पानीले नुहाउने गर्छन् । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउने चिकित्सकको सुझाव छ । तातो पानीले नुहाउँदा छालाको प्राकृतिक तेल पनि नोक्सान हुन्छ । दिनहुँ नुहाउने गर्नुभएको छ भने साबुन या स्याम्पुको प्रयोग गर्नुपर्छ ।

छालामा असर पुग्छ

दिनहुँ नुहाउँदा छाला रुखो हुने र यसको प्राकृतिक नरमपन पनि मासिने चिकित्सकहरुले बताएका छन् । छालामा भएको एक प्रकारको ब्याक्टेरिया नष्ट हुने हुँदा छालाको सुरक्षा कवच पनि बिस्तारै कमजोर हुँदै जान्छ ।

उक्त ब्याक्टेरियाको रासायनिक उत्पादनले एक प्रकारको टक्सिन निकाल्छ । जसले गर्दा हाम्रो छाला सुरक्षित हुन्छ ।

सकभर दिनदिनै ननुहाउनुस्

हाम्रो छाला सफा राख्नका लागि हामीले दैनिक नुहाउन नै जरुरी छैन । किनकि, हाम्रो छालामा भएको एक तत्वले छाला सफा गरिरहेको हुन्छ ।

दिनहुँ नुहाउादा यस्तो तत्व पनि नोक्सान हुन्छ । तर, धेरै काम गर्दा या जिम गर्दा पसिना आएको भए नुहाउनु पर्ने हुन्छ । किनकि, हामीलाई पसिनाले पनि असर गर्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ०० बजे

छठमा नुहाउनेक्रममा बेपत्ता भएका व्यक्ति मृत भेटिए

राजविराज (सप्तरी)– आज यहाँ छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर

चुनाव सफल बनाउने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि

सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर

ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

काठमाडौं- प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल